दफा ३०
निषेधित कार्यको लागि आर्थिक सहयोग लिन वा खर्च गर्न नहुने
(१) राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसार अभियानमा यस ऐन वा निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून वा निर्वाचन आचारसंहिताले निषेध गरेको काम कारबाही गर्न वा गराउनका लागि कुनै प्रकारलेआर्थिक सहयोग लिन वा काम कारबाहीको लागि खर्च गर्न वा गराउन हुँदैन ।
(२) आयोगले उपदफा (१) विपरीतको कार्य गर्ने राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको आम्दानी वा खर्च बराबरको रकम जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम भएको जरिबाना छ महिनासम्म नबुझाउने उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ ।